" पारस खड्का " सायदै यो नाम नेपालमा नचिन्ने मानिस कमै होलान । युवा त युवा भइहाले , वृद र बालक पनि उनका फ्यान छन् । कहिले क्रिकेट भन्ने नबुझेका र वास्ता नगर्ने मानिसहरुपनि नेपाल क्रिकेट खेलिरहेको छ भनेपछि चासो दिन्चन , मिलेसम्म हेरछन् पनि । नेपालमा एस्तो माहोलको विकास गर्नुमा धेरै हदसम्मको श्रय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई जान्छ । नेपालले क्रिकेट त पहिले पनि नखेलेको होइन तर अहिले नेपालमा क्रिकेटले जुन हिसाबले लोकप्रियता पाएको छ तेस्को श्रय अरु खेलाडीलाई त जाने नै भयो तर लडाईको मैदानमा युद्द लड़द्दा , नेतृत्व प्रदान गर्ने , रणनीति बनाउने सेनापति अरु भन्दा बढी प्रसंशाको हकदार बन्छ र हार हुदा पनि अरु भन्दा बढीनै आलोचना हुन्छ । जबजब नेपाल खेलको कठिन परिस्थतिमा हुन्छ नेपाली सरदर उचाई भन्दा अग्लो एक खेलाडी ७७ न को जर्सी लगाएर टिमलाई नेतृत्व प्रदान गरिरहेका हुन्छन , चाहे बलिंग ले होश या ब्याटिंगले उनि टिमलाई आफुले सक्ने योगदान गर्छन । मैदान " पारस पारस " गरेर गुन्जयमान हुन्छ , ब्याटिंग गर्दा हरेक बलमा Boundary र बलिंग गर्दा हरेक बलमा विकेटको आशा गरिराखेका हुन्छन फ्यानहरुले । किन नगरुन त किन भने उनले नेपाललाई धेरै कठिन परिस्थतिबाट जित सम्म जितसम्म डोराएका छन् । एउटा क्रिकेटर , लिडरमा हुनुपर्ने सम्पूर्ण बिसेषता छ उनि संग चाहे त्यो मैदान भित्र होश या बाहिर । सट छनोटमा निपुण पारस ब्याक-फुट पन्च र अघि बढ्दै ब्याट उठाएर लङ्-अन र मिड-अनमा सट प्रहार गर्न माहिर मानिन्छन्। उनी पेस र स्पिन दुवै बलिङ् गर्छन्। पिच र परिस्थिति अनुसार निर्णय लिन सक्छन्। बलिङ्मा आउट र इन सुइङ् मात्र नभई सीधा र अफ-कटर फाल्ने क्षमता पनि उनमा छ । " उनिमा एउटा व्यावसायिक क्रिकेटरमा हुनुपर्ने सम्पूर्ण गुण छन्, सायद उनिले अझ एक्सपोजर पाएको भए उनमा अझ निखार आउथ्यो " पुर्व नेपालीप्रशिक्षक पुबुदु दासानायके सुनाउँछन् । उनि पारसले अझै केहि वर्ष नेपाली राष्ट्रिय टिमलाई कप्तानी गर्नुपर्छ भन्नेमा अडिग छन् । " उनिमा प्रेसेंज अफ माइनड गजबको छ , उनि एकै छिनमा निर्णय लिनसक्छन , राम्रो कप्तानमा हुनुपर्ने क्षमता हो यो " पारसका पहिलो प्रशिक्षक अरुण अर्याल भन्छन् "त्यसैले उनी अरूभन्दा फरक छन् , उनि फरक सोच्दैनन् , फरक तरिकाले सोचछन् ।" मैले यो केटोमा अरु भन्दा केहि खास छ भन्ने कुरा पहिले नै थाहा पाईसकेको थियो , गर्व गर्दै अर्याल सुनाउछन् । ८ कक्षामा अध्यनरत हुदा खेरिनै आफ्नो स्कुल नर्थ पोइन्टको कप्तानी दीपेन्द्र रनिङ् सिल्डमा गरेका पारसमा यो गुण पहिले देखिनै थियो भन्ने अनुमान सजिलै गर्नसकिन्छ ।

लगभग दस वर्षअघिको कुरा हो । किर्तिपुर स्थित टीयु मैदानमा १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन भइरहेको थियो यही बेला काठमाडौँ टिमका एक खेलाडी मैदानमा देखिएनन् , सबैले मैदान ओरिपरी खोज्न थाले उनि फेला परेनन् । आयोजकले अनुपस्थित खेलाडीका बाबु मोहन खड्कालाई फोन गरे। बुबा मोहनले कक्षामा पढीरहेका पारसलाई अपहरण गरेको अन्दाजमा मैदानमा उतारे । " नेपालमा क्रिकेट खेलेर पनि भबिस्य बन्छ र भनेर प्रतियोगितानै छोड्ने उनै पारस , अहिले क्रिकेटमा पनि भबिस्य छ भनेर युवालाई उत्प्रेरणा दिदै छन् । " पहिला स्कुलमा के बन्छौ भनेर सोद्दा डाक्टर , इन्जिनियर भन्ने बिधार्थीहरु आजकल क्रिकेटर पनि बन्छु भन्न थालेका छन् यो सबै माहोल सिर्जना गर्नुमा नेपाली क्रिकेट टिमको ठुलो मिहेनत र पसिना बगेको छ । सफलता पाउनु भन्दा जोगाउनु गार्हो हुन्छ भन्ने भनाइ छ , केहि वर्ष देखि पाएको सफलताले गर्दा नेपाली क्रिकेटमा धेरैको रुची बढेको छ । आजकल मानिसहरु हरेक खेल जितोस् भन्ने चाहन्छन तर जुन हिसाबले नेपाली क्रिकेट टिमको प्रदशनमा सुधार आएको छ तेस्को एक छेउ पनि प्रशासनिक हिसाबले सुधार भएको छैन र सो टिमलाई सिमित स्रोत र साधनको भरमा हामी भन्दा धेरै लगानी भएको देश संग खेलेर जिताउनु धेरै नै चुनौतीपूर्ण छ । टिमको नेतृत्व गर्ने कप्तानलाई अरु भन्दा झन् बडी चुनौती हुनेनै भयो । बिभिन्न कठिनाइहरुको बाबजुद पनि बिस्वखेलकुद मंचमा नेपालको झन्डा फरफराउनु र उत्कृस्ट प्रदशन गरेर नेपाली क्रिकेटलाई अर्कै उचाईमा पुर्याउने पारस र टिमको प्रसंशा शब्दमा गरेर साध्य छैन ।

" क्रिकेटर नबनेको भए Architect बन्थे भन्छन पारस । तर उनि यो सुन्दर खेलको Architect भन्दा कम छैनन् , बिपक्षि टिमलाई कसरी हराउनु पर्छ , के गर्नुपर्छ , रणनीति बनाउन माहिर छन् । पारस खड्का नेपाली क्रिकेट फ्यानको मात्र ढुकढुकी होइनन । समस्त युवा पुस्ताको प्रतिनिधि पात्र हुन् पारस । उनि क्रिकेटमा मात्र नभई फुटबल , बास्केटबल पनि हेर्चन समय मिलेसम्म हेरेचन पनि " म इंगलिस क्लब लिबरपुलको ठुलो फ्यान हो , एसको important खेलहरु म प्राय छुटाउदिन पारसले आफ्नो फुटबल प्रेमको बारे भने ।..... लिभरपुलका पुर्वकप्तान स्टेभन जेराड पारसको मनपर्ने खेलाडी हुन् । मलाई मेसि रोनाल्डो पनि मनपर्छ but Gerrad is the Best " उनिले सुनाए । गोल्डेनगेट कलेजमा हुदा उनि बास्केटबल पनि खेल्थे समयले साथ दिए सम्म अरु नया खेलहरु सिक्न पछि पर्दैनन् उनि । क्रिकेटनै किन त ? भन्ने प्रश्नमा पारस भन्ने गर्छन " सानो देखी सबै खेलमा राम्रै थिए , पढाई पनि राम्रै थियो तेहीभएर घरमा पढ मात्रै नखेल भनेर भन्नुहुन्न थियो । तेसैले सबै खेल खेल्थे , पछि क्रिकेटमा राम्रो हुदै जादा स्वभाबिक रुपमा यस्मा intrest बढ्नेनै भयो । स्कुलको टिममा पनि कप्तानी गर्ने अबसर पाए , उमेर समुह हुदै यहाँ सम्म आइपुगियो । तेसपछि छोडनै सकिएन , लत बस्यो पारस सुनाउछन् । किर्तिपुरको धुलोमा धेरै पसिना बगाए पारस एण्ड कम्पनिले तेही मिहेनतले गर्दा त आज नेपाली क्रिकेटलाई बिस्वकप सम्म पुर्याउन सके । भारतको कुनै स्कुलको क्रिकेटटिमको जति स्रोत साधन , सुन्य भौतिक संरचना , औसी पुर्नेमा हुने घरेलु क्रिकेट , कम पारिश्रमीक यस्तै यस्तै अवस्थामा सङ्घर्स गर्दै आज नेपालले पनि क्रिकेट खेल्दो रैछ है , उचित मौका पाए कुनै पनि बिस्वस्तरीय टिमलाई हराउन सक्ने क्षमता रैछ भनेर बिस्व सामु प्रमाणित गर्न सफल भएको छ नेपाली टिमले । पुबुदु दसनाएकेलाई आफ्नो गुरु मान्ने पारस , नेपाली क्रिकेट टिमको सफलताको श्रय उनैलाई दिन चाहन्चन । " उहामा केहि खास थियो , उहा अरु भन्दा Different हुनुहुन्थ्यो , Roy Dias आफुले चाहेको शट खेल्न नदिने र खुलेर सकेसम्म खेल्नदिदैन थिए भने पुबुदु सकेसम्म खुलेर खेल्नुपर्छ भन्ने तर्फ थिए । रोय सरको नेपाली क्रिकेट प्रतिको योगदानको नि अबमुल्यन गर्नु हुदैन तर सिनियर टिमले जुन किसिमको सफलता पायो तेस्मा पुबुदु सरकै धेरै मिहेनेत छ पारस सुनाउछन् ।

सानो उमेर देखि नै ब्याट र बल समातेर क्रिकेटकै लागी जिन्दगी दिएका पारस कहिले काही निरास हुन्छन आक्रोशित पनि हुन्छन । हुन् पनि हो आफु संगै खेलेको साथी खेलाडीहरु आज स्टार भएका छन् , क्षमता उति तर स्रोत साधन ,एक्सपोजर आदि इत्यादीले निकै फरक पार्दछ । हतियारमा धार लाईराखेन भनि खिया लाग्छ तेस्तै हो यो नेपाली खेलाडीहरु यही कारण आफ्नो क्षमता हुदा हुदै पनि सिमित स्रोत साधन र व्यापक लापरबाहीका बीच देशको लागी मैदानमा ब्याट र बल बोकेर लड्दैछन् । बिभिन्न जात , भाषाभाषी , धर्म संस्कृतिमा विभक्त भएको देशलाई एकताको सुत्रमा बाध्ने काम गरेको छ नेपाली क्रिकेटले किर्तिपुर मैदानमा खेल हुदा कुनै पार्टीको झन्डा र नेताको नाम देखिदैन गुन्जदैन । मात्र चन्द्र सुर्य झन्डा देखिन्छ र सुनिन्छ मात्र " नेपाल नेपाल " अरुले के भन्लान तर नेपाली क्रिकेटको उपलब्दीनै यही हो भन्ने भनाइमा अडिग छ यो लेखक । एक फ्यानका हिसाबले कुरा गर्दा पारस नेपाली क्रिकेटका पर्यायबाची भन्दा फरक पर्दैन , खेलाडीको हकहितको कुरा होस् कि प्रशासन संग जुझ्ने कुरा यस्मा टिमलाई एक ढिक्का बनाई नेतृत्व गरिरहेका छन् पारसले । तेही भएर क्रिकेटका ठेकदार सम्झनेहरुले उनलाई राजनीति गरेको भन्ने आरोप नि लाउछन् कहिले काइ तर पारस एस्लाई " क्रिकेटको विकासको कुरा गर्दा राजनीति हुन्छ , अपराध हुन्छ भने म एस्लाई स्वीकार गर्छु भनेर एसको प्रतिकार गर्छन । " क्रिकेटबाट सन्यास लिसकेपछि प्रशासनिक निकाय तिर लाग्छु होला उनि आफ्नो भबिस्यको प्लान गर्दै भन्छन । हुन् पनि हो आफुले दुख गरेर रोपेर हुर्काएको फुललाई सहि पालनपोसन गर्नु पर्यो किन भने मालीलाई मात्र एसको महत्व र माया हुन्छ र पारस नेपाली क्रिकेटका माली हुन् भन्दा फरक पर्दैन ।